Kathmandu Press

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता, काम सुरू एक हप्ताभित्रै

काठमाडौं, मंसिर १३ : भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ।

प्राधिकरणअन्तर्गतको केन्द्री....

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता, काम सुरू एक हप्ताभित्रै

काठमाडौं, मंसिर १३ : भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच  ठेक्का सम्झौता भएको हो। सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले शुक्रबार हस्ताक्षर गरेका छन्।

जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हाे। प्रबलीकरणको अवधि दुई वर्षको छ। आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए। 

निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता जनाए। उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए। परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्