Kathmandu Press

इष्टर्न हाइड्रोपावरले खुलायो प्रभावितका आईपिओ

काठमाडौं, भदौ ७ : भोजपुरमा निर्माण हुन लागेको इष्टर्न हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दाहरूका आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले प्रभावित क्षेत्रका लागि...
इष्टर्न हाइड्रोपावरले खुलायो प्रभावितका आईपिओ

काठमाडौं, भदौ ७ : भोजपुरमा निर्माण हुन लागेको इष्टर्न हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दाहरूका आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले प्रभावित क्षेत्रका लागि मंगलबार आईपिओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रभावित क्षेत्रका लागि ६ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

आईपिओ २१ भदौसम्म भर्न सकिने छ। यदि साे अवधिमा मागअनुसार आवेदन नआए आईपिओ भर्ने समय असोज ५ सम्म लम्ब्याइने कम्पनीले जनाएकाे छ।

 

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्