Kathmandu Press

काभ्रेमा पनि ३० मिटरब्याजीविरुद्ध उजुरी

काभ्रे, भदौ ७ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ।प्रशासन कार्यालयका अनुसार १७ जना पीडितले दिएको उजुरीमध्ये केही...
काभ्रेमा पनि ३० मिटरब्याजीविरुद्ध उजुरी

काभ्रे, भदौ ७ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ।

प्रशासन कार्यालयका अनुसार १७ जना पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेका छन्। उनीहरुले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए।

Hardik ivf

उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी शुरु गरिएको छ। सरकारले भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपील गरेको थियो।

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ। काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभागसमेत भएको थियो। यस्तै हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ।

मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन्। मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन्। केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ।

प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्