Kathmandu Press

विप्लवका कार्यकर्ताद्वारा सवारी साधनमा आगजनी

दाङ, भदौ ७ : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दाङमा सवारी साधनमा आगजनी गरेका छन्।नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा विप्लवका कार्यकर्ताले...
विप्लवका कार्यकर्ताद्वारा सवारी साधनमा आगजनी

दाङ, भदौ ७ : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दाङमा सवारी साधनमा आगजनी गरेका छन्।

नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा विप्लवका कार्यकर्ताले आज बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका हुन्। बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाँच जनाको समूहमा रहेका बन्दाकर्ता टिपरमा आगो लगाएर भागेको प्रहरीले जनाएको छ। आगजनीबाट टिपरमा क्षति पुगेको छ।

प्रहरी टोली घटनास्थल पुगेको छ। आगजनीमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्