Kathmandu Press

सञ्चार क्षेत्रमा ‘मेजर अप्रेसन’ गर्नुछ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, मंसिर १३ : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रमा ‘मेजर अप्रेसन’ गर्नुपर्ने बताएका छन्।

शुक्रबार नेपाल पत्रक....

सञ्चार क्षेत्रमा ‘मेजर अप्रेसन’ गर्नुछ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, मंसिर १३ : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रमा ‘मेजर अप्रेसन’ गर्नुपर्ने बताएका छन्।

शुक्रबार नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आर्थिक वर्ष २०७४/७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढङ्गबाट गरिएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्र सुधार गर्नुपर्ने बताएका हुन्।

‘मिडिया क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले पनि सरकारले क्लिनफिड र समावेशी विज्ञापन नीति ल्याएको हो, तपाईहरुले नै उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै सरकार सञ्चार क्षेत्रमा मेजर अप्रेसन गर्न चाहान्छ,’ मन्त्री बाँस्कोटाले भने।

पत्रपत्रिका वर्गीकरणमा निष्पक्ष नभएकाबारे सम्बन्धित निकायसँग जवाफ मागेर संवादका माध्यमबाट समाधान खोज्ने उनको भनाइ थियो। ‘अधिकार धेरै पाउनुको अर्थ सबैप्रति जिम्मेवार र उत्तरदायी पनि हुनु हो, अधिकार मात्र प्राप्त गरिरहने कुराले शक्तिको भोग जगाउछ, लोकतन्त्रमा शक्तिको भोगले मानिसलाई भ्रष्टिकरणतर्फ लैजान्छ, त्यो भ्रष्टिकरणको सम्भावना लोकतन्त्रले दिन सक्दैन, त्यसैले कुनैपनि संस्थामा व्यक्ति ठूलो कुरा होइन, संस्था सही हुनुपर्छ,’ मन्त्रीले भने।

उनले मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरी छलफल भइरहेका सन्दर्भमा सकारले त्यसको स्वयत्ततामाथि प्रश्न उठाउन नमिले पनि त्यसलाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्