Kathmandu Press

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

काठमाडौं, भदौं ६ : बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि...
हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

काठमाडौं, भदौं ६ : बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु¥याइएकी विन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए  । आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ । 

Hardik ivf

अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले बताए । “लामो व्यथाले शिशुको गर्भ मै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृतक शिशु छोरा रहेछ”, उनले भने ।

आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा  खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्‍याउन चार घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तस्राब हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । 

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्