Kathmandu Press

पूर्वनगरप्रमुख अमानसिंह एमालेमा

काठमाडाैं, भदाै ६ : एमाले अध्यक्ष केपी ओलीले सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाका पूर्वप्रमुख अमानसिंह तामाङसहित विभिन्न दलका नेताकार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन्।एमालेको...
पूर्वनगरप्रमुख अमानसिंह एमालेमा

काठमाडाैं, भदाै ६ : एमाले अध्यक्ष केपी ओलीले सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाका पूर्वप्रमुख अमानसिंह तामाङसहित विभिन्न दलका नेताकार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन्।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन्।

कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो। यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए।

तामाङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।  

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्