Kathmandu Press

दैलेखमा माइक्रोबस दुर्घटना, तीनको मृत्यु, १३ घाइते

दैलेख, मंसिर १३ : सुर्खेतबाट दैलेख आउदै गरेको माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

शुक्रबार सुर्खेतबा....

दैलेखमा माइक्रोबस दुर्घटना, तीनको मृत्यु, १३ घाइते

दैलेख, मंसिर १३ : सुर्खेतबाट दैलेख आउदै गरेको माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

शुक्रबार सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर वलीले बताए। मृतकको सनाखत हुन सकेको छैन।

त्यस्तै, घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

गाडी सडकबाट तल खसेको र चालक फरार रहेको डीएसपी वलीले बताए।

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्