Kathmandu Press

प्रोमेड मल्टिस्पेसियालिटी सेन्टरमा निःशुल्क स्वास्थ्य परीक्षण  

काठमाडौं, भदौ ६ : काठमाडौंको सिनामंगलस्थित प्रोमेड मल्टिस्पेसियालिटी सेन्टरले विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याएको छ।प्रोमेडले भदौ १ देखि सो सेवा सञ्चालनमा...
प्रोमेड मल्टिस्पेसियालिटी सेन्टरमा निःशुल्क स्वास्थ्य परीक्षण  

काठमाडौं, भदौ ६ : काठमाडौंको सिनामंगलस्थित प्रोमेड मल्टिस्पेसियालिटी सेन्टरले विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याएको छ।

प्रोमेडले भदौ १ देखि सो सेवा सञ्चालनमा ल्याएको हो। प्रोमेडमा बिहान, दिउँसो र बेलुका जनरल फिजिसियन सेवा, ग्यास्ट्रोइन्टेरेलोजी सेवा, मुटु रोग, युरोलोजी, बाथरोग, स्त्री तथा प्रसूति सेवा, बालरोगसम्बन्धी बहिरंग सेवा निःशुल्क लिन सकिने जनरल फिजिसियन डा. परशुराम घिमिरेले जानकारी दिए।

सिनियर जनरल फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर युरोलोजिस्ट डा. प्रतीकमानसिंह गुरुङ (युकेमा एक दशकभन्दा बढी समय काम गरेको अनुभव), फिजिसियन डा. परशुराम घिमिरे, ग्यास्ट्रोइन्टरेलोजिस्ट डा. दिनेश कोइराला, पेडियाट्रिक र्युमेटोलोजिष्ट एवं इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराई, बाथरोग विशेषज्ञ डा. साकेत झालगायतबाट सो सेन्टरमा सेवा लिन सकिने जनाइएको छ।

उपचारमा आउनेले निःशुल्क सुगर जाँच गर्न पाउने सो सेन्टरले जनाएको छ। टाउको दुख्ने र रिंगटा लाग्ने समस्याको उपचार सेवासँगै सामाजिक उत्तरदायित्व र समस्यामा परेको व्यक्तिहरुलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क बहिरंग सेवा सञ्चालनमा ल्याइएको प्रोमेडका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाले जानकारी दिए। ‘यो सेवा निरन्तर रहनेछ,’ उनले भने।

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्