Kathmandu Press

अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी, १४ को मृत्यु, १२ घाइते

काबुल, भदाै ६ : अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य...
अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी, १४ को मृत्यु, १२ घाइते

काबुल, भदाै ६ : अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ।

आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ।

 मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ सय ७६ अन्य आंशिक रुपमा ध्वस्त भएका बख्तरले जानकारी दिएको छ। 

बाढीले यस प्रान्तमा एक हजार चार सय ३०  भन्दा बढी गाईवस्तुको ज्यान गएको र सयौं किलोमिटर सडक, असङ्ख्य सुरक्षाका पर्खालहरु, पुल र बाँधमा क्षति पुगेको बख्तर जनाएको छ।

 शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अहमदउल्लाह अनासले पुष्टि गरेका छन्। 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्