Kathmandu Press

बाढीपहिरोका कारण सुडानका ६ राज्यमा आपतकाल घोषणा

खार्तुम, भदाै ६ : सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको...
बाढीपहिरोका कारण सुडानका ६ राज्यमा आपतकाल घोषणा

खार्तुम, भदाै ६ : सुडानका ६ राज्यमा आपतकाल घोषणा गरिएको छ। अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो।  

'आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका ६ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको छ,' एक मन्त्रीले भने।

Hardik ivf

सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो।

मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन्। 

बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ। स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिए।

बाढी पहिरोबाट पीडितलाई सहयोगका लागि प्रभावकारी उपाय अपनाउन पनि सरकारी अधिकारीहरुले निर्देशन दिएका छन्। 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्