Kathmandu Press

‘विप्लव’को नेकपासहित चार दलले भोलि नेपाल बन्द गर्ने (विज्ञप्तिसहित)

काठमाडौं, भदौ ६ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्।सरकार...
‘विप्लव’को नेकपासहित चार दलले भोलि नेपाल बन्द गर्ने (विज्ञप्तिसहित)

काठमाडौं, भदौ ६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महँगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्।

‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहअरुको संघसंस्थाबाट आवश्यकसहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहूति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णबहादुर बुढाथोकीको हस्ताक्षर रहेको छ।    

ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन्। आफूहरू एमसिसी सम्झौता र एएसपिपी परियोजनाका विरुद्धमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले राष्ट्रहितविरुद्धका असमान सन्धिसम्झौताहरू खारेजीको माग पनि अघि सारेका छन्। 

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्