फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु
मनिला, भदाै ६ : फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ।यहाँ २४ घन्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ।यहाँका स्वास्थ्य...
मनिला, भदाै ६ : फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ।
यहाँ २४ घन्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ।
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ।
फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ।
यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन्। यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो।
त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
प्रकाशित मिति: १३:०८ बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












