Kathmandu Press

‘हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ कार्यान्वयन गर्नुपर्ने माग

काठमाडाैं, भदाै ६ : ‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ को कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।राष्ट्रिय दलित नेटवर्क (आरडिएन)...
‘हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ कार्यान्वयन गर्नुपर्ने माग

काठमाडाैं, भदाै ६ : ‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ को कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले हरुवाचरुवा पुनःस्थापना तथा कमैया कमलरी तथा हलिया अझै पुनःस्थापना नसकेको भन्दै उनीहरुको पुनःस्थापनाका लागि प्रतिवदेन कार्यान्वयन गर्नुपर्ने माग गरेको हो। 

Hardik ivf

संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले हालै सरकारलाई प्रतिवेदन बुझाएको छ।आरडिएनले आज विज्ञप्ति जारी गरी एक कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचनपूर्व मुक्त हरुवाचरुवाको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।
 
'आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रियतापूर्वक त्याग गर्नुभयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्तरुपमा एक भएर लाग्न मुक्त हरुवाचरुवा, हलिया तथा कमैया र कम्लरी आन्दोलनका अगुवालाई आह्वान गर्दछौं,' विज्ञप्तिमा भनिएको छ। 

२०५७ भदौ ६ गते दलित समुदायका बहुआयामिक समस्याको दीर्घकालीन समाधानका लागि ‘जातीय छुवाछूत र भेदभावबिनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् निर्माण गरौं’ भन्ने मूल नाराका साथ सो संस्था स्थापना गरिएको थियो।

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्