Kathmandu Press

नीति अनुसन्धान प्रतिष्ठानले अन्तराष्ट्रिय गोष्ठी गर्ने

नीति अनुसन्धान प्रतिष्ठानले अन्तराष्ट्रिय गोष्ठी गर्ने

काठमाडाैं, भदाै ६ : नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंमा नेपाल र विश्व समुदायबीचको सम्बन्धका बारेमा अन्तराष्ट्रिय गोष्ठी हुने भएको छ।

प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदाै १० देखि १२ गतेसम्म काठमाडौंमा अन्तराष्ट्रिय गोष्ठिको आयोजना गरेको जानकारी दिएको हो।

नेपालले भविष्यमा विश्वलाई हेर्ने नीतिका बिषयमा सम्मेलनबाट विशेष विषयवस्तु प्रकाशन गरिने प्रतिष्ठानका निर्देशक दीपककुमार अधिकारीले जानकारी दिए।

गोष्ठीमा अन्तराष्ट्रिय सम्बन्धको अध्ययन गरेका ४० वर्षभित्रका युवा विज्ञहरुको सहभागिता रहने अधिकारीले जानकारी दिए। सम्मेलनमा विभिन्न विषयमा ८ वटा कार्यपत्र प्रस्तुत हुने उनको भनाइ छ।

सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्