Kathmandu Press

भारतमा भारी वर्षा र बाढीबाट ५०जनाको मृत्यु

भारतमा भारी वर्षा र बाढीबाट ५०जनाको मृत्यु

नयाँदिल्ली, भदाै ६ : भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ।

भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन्।  

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ। त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन्।त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ। यहाँ कतिपय विदेशी पर्यटकहरु थुनिएका र चेपिएका छन्। उनीहरुको उद्धार जारी रहेको बताइएको छ।

यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो।

बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ।

बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्