Kathmandu Press

धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई स्कट्ल्यान्डबाट साइकल उपहार

काठमाडाैं, भदाै ६ : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन्। सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङलाई स्कट्ल्यान्डमा बसोबास गर्ने...
धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई स्कट्ल्यान्डबाट साइकल उपहार

काठमाडाैं, भदाै ६ : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन्। सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङलाई स्कट्ल्यान्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले साइकल उपहार दिएका हुन्।

मेयर साम्पाङले आफूले ६० हजार रुपैयाँ मूल्यको साइकल उपहार पाएको बताएका छन्।

Hardik ivf

साइकलसहितकाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मेयर राइले भनेका छन, ‘छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो। अस्तिको दिन स्कट्ल्यान्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनुभयो यो ६०,००० रुपैयाँ बराबरको साइकल, अब साइकल प्रतियोगिता आयोजना गर्नुपर्ला पर्यटनको तहत।’

 

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्