Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

चितवन, भदाै ६ : माडी नगरपालिका–३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। पचहत्तर वर्षीय झगरु महतो मृत...
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला
Hardik ivf

चितवन, भदाै ६ : माडी नगरपालिका–३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।  

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्