Kathmandu Press

कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बलेवा, भदाैं ६ : बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ। समितिले आइतबार पत्रकार सम्मेलन आयोजना  गरेर...
कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बलेवा, भदाैं ६ : बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ। समितिले आइतबार पत्रकार सम्मेलन आयोजना  गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो। गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए।

सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो। तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन्। त्यस्तै चाँदीतर्फ पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो।

Hardik ivf

विसं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ। उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उनले जानकारी दिए।
'केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो,' अध्यक्ष खड्काले भने, 'सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ।' कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन्।

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ। हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन्। त्यस्तै मासिकरुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ। गुठीका अनुसार साउन महिनामा मात्रै रु १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ। सो आम्दानीबाट रु नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ। साउनमा मन्दिरमा कमाइ कम हुन्छ। खिर खुवाउने कार्यक्रमलगायतको खर्च भने साउनमा बढी हुन्छ। अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ।

कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराएका थिए। मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन्।

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्