Kathmandu Press

आज केन्या जाँदै नेपाली क्रिकेट टोली

काठमाडौं, भदौ ६ : नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या भ्रमणमा जाँदै छ।टी–२० र एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली केन्या प्रस्थान गर्न...
आज केन्या जाँदै नेपाली क्रिकेट टोली

काठमाडौं, भदौ ६ : नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या भ्रमणमा जाँदै छ।

टी–२० र एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली केन्या प्रस्थान गर्न लागेको हो। आज अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाली टोलीले केन्यासँग पाँच वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एकदिवसीय खेल खेल्नेछ। टी–२० प्रतियोगिता भदौ ९ देखि १४ गतेसम्म हुनेछ।

त्यस्तै, एकदिवसीय प्रतियोगिता भदौ १७ देखि २० गतेसम्म हुने क्यानले जनाएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपाली टोलीको पहिलो विदेश भ्रमण हो। केन्या भ्रमणका लागि नेपाली टोलीको नेतृत्व सन्दीप लामिछानेले नै गर्नेछन्।

 

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्