सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआईए स्वीकृत
काठमाडौं, भदौ ६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन...
काठमाडौं, भदौ ६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत गरेका छन्।
मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवर्द्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी ईआईए स्वीकृत गरेका हुन्।
ईआईए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो। मन्त्री यादवले ईआईए स्वीकृत गरेपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ।
उनले विभिन्न कारणले रोकिएका करीब एक दर्जनभन्दा बढी आयोजनाका ईआईए स्वीकृत गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ०६:४२ बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












