Kathmandu Press

वडाबाटै पशुपालक कृषकलाई प्रोत्साहन गरिँदै

बनियानी, भदाैं ५ : झापाको बुद्धशान्ति गाउँपालिका–१ कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएको छ। वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम...
वडाबाटै पशुपालक कृषकलाई प्रोत्साहन गरिँदै

बनियानी, भदाैं ५ : झापाको बुद्धशान्ति गाउँपालिका–१ कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएको छ। वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम ल्याइएको वडाध्यक्ष अनिल वाग्लेले बताए। उनका अनुसार गाईभैँसीको निःशुल्क कृत्रिम गर्भाधान, पशु बीमा, क्याल्सियममा सहुलियतलगायतका कार्यक्रम ल्याइएको छ।

पशु बीमा गर्न अभिप्रेरित गराउने उद्देश्यले गाईभैँसीको बीमा गर्न चाहने कृषकलाई बीमा शुल्कको आधा रकम वडाले बेहोर्ने उनले बताए। 'कृषकलाई जतिसक्दो सेवासुविधा दिएर व्यावसायिक बनाउने वडाको योजना छ,' उनले भने, 'वडाबाट सम्भव हुने सबै काम गर्छौं।'

Hardik ivf

पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजीकरण गरेको जनाइएको छ। वडा कार्यालयबाट कृषकले सहुलियत दरमै पशुका लागि आवश्यक क्याल्सियम पनि पाउने छन्।

चालु आर्थिक वर्ष २०७९/०८० मा वडामा कृषि क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेर कृषि औजार वितरण, अभिमुखीकरण, तालीमलगायतका कार्यक्रम राखिएको वडा सदस्य तुलसा खतिवडा रेग्मीले बताए।

बुद्धशान्ति–१ मा निर्वाहमुखी र व्यावसायिकरूपमा पशुपालन हुँदै आएको छ भने धान, सुपारी, घुसुवाखेती (कागती, बेसार, मरिच) लगायतका खेती गरिँदै आएको वडा सदस्य सुमित्रा रसाइलीले बताए। उनले भने, 'यहाँ केरा खेतीको पनि राम्रो सम्भावना छ।' वडामार्फत यहाँका कृषकलाई परिचयपत्र पनि बाँड्ने तयारी भइरहेको छ।

गाउँपालिकाले वडालाई दिएको सिलिङ बजेट रू ९६ लाख र विभिन्न विकास निर्माण बजेट गरी रू चार करोड ५० लाख बजेट रहेको वडा सचिव हरि प्रधानले जानकारी दिए। वडा कृषि क्षेत्रको प्रवद्र्धनका लागि रू चार लाख ५० हजार बजेट छुट्याइएको छ।

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्