Kathmandu Press

सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल

काठमाडाैं, भदाैं ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन। ज्ञानोदय माध्यामिक विद्यालयको...
सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल

काठमाडाैं, भदाैं ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन। ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन आग्रह गरे।

 

'दस वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,' मन्त्री पौडेलले भने, '१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ।' उनले शिक्षकहरूका सेवा सुविधामा समस्यालाई सम्बोधन गर्न मन्त्रालयले निजामती कर्मचारी सरहको सेवा सुविधा दिने गरी प्रक्रिया अघि बढेको जानकारी दिए। मन्त्री पौडेलले एक सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेको र यसवर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोडिने बताए।

Hardik ivf

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने उदाहरण ज्ञानोदय भएको बताए।

नवर्निमित ३५ कोठे विद्यालयको भवन निर्माण रु तीन करोड ५० लाख लागतमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार काठमाडौँ महानगरपालिकाको रु एक करोड, महायज्ञबाट रु ६७ लाख, बागमती प्रदेश सरकारबाट रु ९० लाख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट रु २९ लाख, प्रदेश सांसद विकास कोषबाट रु ५० लाख, जिल्ला शिक्षा, समन्वय एकाइबाट रु २१ लाख सहयोग प्राप्त भएको थियो। उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक सो विद्यालयमा हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्