Kathmandu Press

अफगानिस्तानको पूर्वी प्रान्तमा बाढीका कारण २० जनाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्तमा बाढीका कारण २० जनाको मृत्यु

काबुल, भदाैं ५ : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भारी वर्षाका कारण बाढी आउँदा कम्तीमा २० जनाको मृत्यु भएकाे छ। बाढीका कारण तीन हजारभन्दा बढी घरमा पूर्णतया क्षति भएको अधिकारीहरूले आइतबार बताएका छन्।

शनिबार परेको वर्षाका कारण प्रान्तका विभिन्न स्थानमा ३० जनाभन्दा बढी घाइते हुनुका साथै करिब २० जनाको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ।

बाढीका कारण दर्जनौं नहर र मुख्यतया बगैँचासमेत करिब पाँच हजार एकड खेतीयोग्य जमिनमा क्षति पुगेको छ।  डुवान र बाढीका कारण करिब दुई हजार पशुचौपायाको समेत मृत्यु भएको जनाइएको छ।

बाढी र मुसलधारे वर्षाका कारण हरेक वर्ष सयौं अफगानीको मृत्यु हुने गरेको छ। विशेष गरी ग्रामीण क्षेत्रमा रहेका गरिब बस्तीमा रहेका कमजोर संरचनाका घरहरू प्रायः भत्किने खतरामा हुन्छन्।

प्रान्तीय सरकारले भनेको छ, ‘घरभत्किएपछि सुरक्षा बल र परोपकारी संस्थाहरूले मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्।

सरकारका प्रवक्ता बिलाल करिमीले छुट्टै विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्