Kathmandu Press

जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ

जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ

तिराना, भदाै ५ : दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ।

अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एम।जेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्यकेन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो।

गिरफ्तारीको प्रतिरोधका क्रममा निजले ‘नियो–प्यारालाइजिङ स्प्रे’ प्रहरी गरी दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको छ। उनीहरूकौ सैनिक अस्पतालमा उपचार भइरहेको छ। 

एसटी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफ। ए ले परिचित २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो।

सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ। 

सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल  उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ।

सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन ९नाटो० को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ। 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्