Kathmandu Press

भारतमा भारी वर्षा, ३८ जनाको मृत्यु

नयाँ दिल्ली, भदाै ५ : भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ।पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र...
भारतमा भारी वर्षा, ३८ जनाको मृत्यु

नयाँ दिल्ली, भदाै ५ : भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो। 

हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। त्यहाँ छ जना अझै बेपत्ता छन्। त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन्।

पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ। बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ। बाढीपहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन्।

शनिबार साँझ हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भर गर्न तथा  क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्