Kathmandu Press

अयोध्याबाट आएको जन्तीलाई जनकपुरमा राष्ट्रपतिले स्वागत गर्ने

जनकपुरधाम, मंसिर १३ : भारतको अयोध्याबाट आउने साधुशन्तको जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरमा स्वागत गर्ने भएकी छन्।

सीताराम विव....

अयोध्याबाट आएको जन्तीलाई जनकपुरमा राष्ट्रपतिले स्वागत गर्ने
फाइल फोटो

जनकपुरधाम, मंसिर १३ : भारतको अयोध्याबाट आउने साधुशन्तको जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरमा स्वागत गर्ने भएकी छन्।

सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा भारतको अयोध्याबाट साधुशन्तको जन्ती आउने प्रचलन रहेको छ। अयोध्याबाट आउने जन्ती आज मध्याह्न जनकपुर पुग्नेछ।

त्यसका लागि राष्ट्रपति भण्डारी केहीवेरमा जनकपुर आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। उनका अनुसार, नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुर आउनेछिन्।

राष्ट्रपति चढेको हेलिकप्टर जनकपुरस्थित संघीय प्रहरी एकाइको कार्यालय परिसरमा अवतरण गर्नेछ। त्यसपछि राष्ट्रपतिले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछि अयोध्याबाट आउने साधुशन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न उनी रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम तय गरिएको छ।

धार्मिक एवं सांकृतिक पर्वको रुपमा रहेको सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागि हुन प्रत्येक पाँच वर्षमा एकपटक अयोध्याबाट शाधुशन्तसहित रामको जन्ती जनकपुर आउने गरेको छ।

आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुशन्तको जन्ती बिहीबार जनकपुर पुगेको जानकी मन्दिरका सह–महन्त रामरोशन दास बैष्णबले बताए।

प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, मंसिर १३, २०७६