Kathmandu Press

अफगानिस्तानमा बाढी, १० जनाको मृत्यु, सयौं घर ध्वस्त

काबुल, भदाै ५ : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएका सरकारी...
अफगानिस्तानमा बाढी, १० जनाको मृत्यु, सयौं घर ध्वस्त

काबुल, भदाै ५ : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ। 

भारी वर्षापछि आएको बाढीको कारण शनिबार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँहरुका दश जनाको मृत्यु भएको छ र सयौं घरहरु बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरले जानकारी दिएको छ।

बाढीले खुसी जिल्ला आसपासका सयौं हेक्टर खेतबारीसमेत नष्ट गरेको छ। विगत केही महिनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्