Kathmandu Press

औषधि अभाव हुँदा बिरामी समस्यामा

जाजरकोट, भदाै ५ : निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन्। दैनिक भारी मात्रामा बिरामी आउने...
औषधि अभाव हुँदा बिरामी समस्यामा

जाजरकोट, भदाै ५ : निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन्। दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता  छ। 

दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए। दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनुपरेको फार्मेसी शाखाले जनाएको छ। मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहँदै आएको छ। 

Hardik ivf

औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा  र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले  बताए। स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गरे।

औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनले प्रश्न गरे। उक्त अस्पताल ५० शश्याको छ। यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए। 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्