Kathmandu Press

नरैनापुर सुक्खा क्षेत्र घोषणा

बाँके, भदाै ५ : धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ।१५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै...
नरैनापुर सुक्खा क्षेत्र घोषणा

बाँके, भदाै ५ : धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ।

१५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सख्ुखा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए।

'किसानको मर्म प्रकृतिले पनि बुझेन, नरैनापुरका खेतमा रोपाइँ हुन सकेन्, नेपालगन्जमा परेको पानी नरैनापुरमा पर्दैन,' उनले भने, 'मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो, सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन।'

नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए। 

'सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराइ विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ', उनले भने, 'सङ्घ र प्रदेशमा पनि सहयोगका लागि पहल गरिरहेका छौँ।'

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्