Kathmandu Press

राईको हत्यामा संलग्न तीनजना पक्राउ

काठमाडाैं, भदाै ५ : नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुरमा तीन जनालाई पक्राउ गरेको छ।बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ...
राईको हत्यामा संलग्न तीनजना पक्राउ

काठमाडाैं, भदाै ५ : नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुरमा तीन जनालाई पक्राउ गरेको छ।

बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा सङ्लग्न तीनजनालाई गएराति पक्राउ गरेको हो।

पक्राउपर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको जानकारी दिए।

शनिबार राति  ९ः३० बजे भएको सो घटनामा प्रहरीले  सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुका सम्बन्धमा  बौद्ध प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्