Kathmandu Press

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन चिकित्सक टोलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपचारमा संलग्न चिकित्सकको टोली पत्रकार सम्मेलन गर्ने भएको छ।

....
प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन चिकित्सक टोलीले पत्रकार सम्मेलन गर्दै
फाइल फोटो

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपचारमा संलग्न चिकित्सकको टोली पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिस र पेरिटोनाइटिसको मंसिर १० गते शल्यक्रिया गरिएको थियो। । त्यसयता प्रधानमन्त्री ओली सेन्टरमै उपचाररत छन्।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सेन्टरका चिकित्सकको टोलीले सामुहिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको हो। आज बिहान ११ बजे सेन्टरमै पत्रकार सम्मेलन गरिने अस्पतालले जनाएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिँदै आएको भएपनि विस्तृत जानकारी दिइएको छैन। उनको आईसीयूमै राखेर उपचार भइरहेको छ।

१२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको अहिले आएर समस्या भएको हो। यस अघि उनको मिर्गौलाको ग्रान्डी अस्पतालमा चार पटक डायलासिस गरिएको थियो।

अहिले एपेन्डिक्समा समस्या देखिएपनि मिर्गौलाको समेत डायलासिस गर्नुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन्।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, मंसिर १३, २०७६