Kathmandu Press

विद्यालयका कर्मचारीद्वारा न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको विराेधमा प्रदर्शन

काठमाडाैं, भदाै ५ : सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन्।केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप...
विद्यालयका कर्मचारीद्वारा न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको विराेधमा प्रदर्शन

काठमाडाैं, भदाै ५ : सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन्।

केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन्।

Hardik ivf

चालू आर्थिक बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले ब्यहोर्ने व्यवस्था गरिएको छ।

तर स्थानीय तहहरुले आफुहरुलाई कुनै रकम उपलव्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ। धर्नाबाट पनि आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्। 

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्