Kathmandu Press

निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँमा सार्वजनिक यातायात नचल्ने

काठमाडौं, मंसिर १३ : भोली हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने ....

निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँमा सार्वजनिक यातायात नचल्ने

काठमाडौं, मंसिर १३ : भोली हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन् ।

उपनिर्वाचनलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा शुक्रबार राति १२ बजेपछि एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यम बाहेकका अन्य सवारीसाधनमा रोक लगाईने भएको हो । स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राखेर ती क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री र सेवनमा समेत प्रतिबन्ध लगाएको छ ।

यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।  २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ५२ पदमा शनिबार बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।

उपनिर्वाचनमा ३ सय ३३ उम्मेदवारले भाग लिएका छन् भने ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउनेछन्।

प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, मंसिर १३, २०७६