Kathmandu Press

सोमालियामा भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, भदाै ५ : सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतंकवादी समूह अल–सबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण...
सोमालियामा भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, भदाै ५ : सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतंकवादी समूह अल–सबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।

मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ। पछि घाइतेहरुको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई सख्त कारबाही गर्न भनेका छन्।

साथै सो विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।

शुक्रबार राति अल–सबाबका लडाकूहरुले उक्त होटलमा आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको थियो।

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विस्फाेटसँगै आक्रमण सुरु गरेका थिए।

उक्त हायात होटलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेका बताइएको छ। सो हमलापछि कडा सुरक्षाको व्यवस्था गरिएको थियो।

प्रकाशित मिति: १२:२३ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्