Kathmandu Press

क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी

हवाना, भदाै ५ : क्युबामा पनि मंकीपक्सका बिरामी फेला परेका छन्।देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य...
क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी

हवाना, भदाै ५ : क्युबामा पनि मंकीपक्सका बिरामी फेला परेका छन्।

देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए।

गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ।

बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए। 

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्