उपराष्ट्रपतिले गरे नुवाकोटको पर्यटकीय स्थलको भ्रमण
काठमाडौं, मंसिर १३ : उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
काठमाडौँको सुन....

काठमाडौं, मंसिर १३ : उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए । उनले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिए ।
सुन्दरीजल हुँदैं चिसापानी आउने क्रममा उनले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गरे । उक्त क्रममा उनले बिपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गरेका हुन् ।











