गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति : डा भट्टराई

काठमाडौं, भदौ ५ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।
पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाएका छन् ।
‘नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उनको निधनले ठूलो क्षति पुगेको छ,’ अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन्। उनले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति: १०:१५ बजे, आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












