Kathmandu Press

माओवादी अध्यक्ष प्रचण्डद्वारा गिरिप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, भदौ ५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप...
माओवादी अध्यक्ष प्रचण्डद्वारा गिरिप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, भदौ ५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताएका छन्।

नेता गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

शनिबारमात्रै अध्यक्ष दाहालले उनी उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए। नेता गिरिको शनिबार राति निधन भएको हो

प्रकाशित मिति: ०८:५८ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्