Kathmandu Press

७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

तनहुँ, भदौ ४ : घुस लिएको अभियोगमा तनहुँको दमौलीबाट एक इञ्जिनीयर पक्राउ परेका छन् । ७५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा...
७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

तनहुँ, भदौ ४ : घुस लिएको अभियोगमा तनहुँको दमौलीबाट एक इञ्जिनीयर पक्राउ परेका छन् । ७५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम पक्राउ परेका हुन्।

स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा सप्तरीको बोदेबर्साइन घर भएका लिक्लमलाई प्रहरी टोलीले दमौलीस्थित एक होटलबाट पक्राउ गरेको हो।

Hardik ivf

इन्जिनियर निक्लममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगगको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी करारका कार्मचारी रहेको प्रहरीले जनाएको छ।

विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि उनले घुस मागेको बताइएको छ। रकम दिने शर्तसहित निक्लमलाई आज दमौली बोलाइएको थियो । उनी आजै सप्तरीबाट दमौली आएको बताइएको छ।

इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले बताए।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्