आठ किलाे सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं, मंसिर १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे....

काठमाडौं, मंसिर १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक ८ केजी सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चेन छिन्जुवङ रहेका छन् ।
अर्का एक जनाको नाम खुलेको छैन । उनीहरुनेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आउँदै थिए ।
दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: ०७:४६ बजे, शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार