टर्कीमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु, २२ घाइते
इस्तानबुल, भदाै ४ : टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य २२ जना घाइते...
इस्तानबुल, भदाै ४ : टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।
'गाजियान्टेप–निजिप सडक खण्डमा बस र एम्बुलेन्स एक आपसमा जुझ्दा उक्त दुखद् घटना भएको छ,' गाजियान्टेप प्रान्तका गभर्नर दावुत गुलले भने। उनले दुर्घटनामा १५ जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरे।
समाचार एजेन्सी डीएचएका अनुसार एम्बुलेन्स बारूण यन्त्र र पत्रकार चढेको बसलाई यात्रुबाहक बसले ठक्कर दिएको थियो।
मृत्यु हुनेमा तीन अग्निनियन्त्रक, दुई अग्नि नियन्त्रक र दुई पत्रकारसमेत रहेका गभर्नरले बताए। दुर्घटनामा घाइते भएका केही व्यक्तिलाई सामान्य उपचारपछि घर पठाइएको छ भने सख्त घाइते भएका केहीको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिसकेको बताइएको छ।
प्रकाशित मिति: १८:२८ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












