Kathmandu Press

पाकिस्तानको दक्षिणी क्षेत्रमा वर्षाका कारण छाना खस्दा १३ जनाको मृत्यु

इस्लामाबाद, भदाै ४ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा गत २४ घण्टामा वर्षाका कारण घरको छत खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनाका साथै अन्य कैयौँ...
पाकिस्तानको दक्षिणी क्षेत्रमा वर्षाका कारण छाना खस्दा १३ जनाको मृत्यु

इस्लामाबाद, भदाै ४ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा गत २४ घण्टामा वर्षाका कारण घरको छत खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन्।

लगातारको वर्षाका कारण घरको छाना खस्दा यस प्रान्तको खैरपुर जिल्लाको उपनगरीय गाउँमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भारी मनसुन वर्षाका कारण सिन्धको लारकाना जिल्लामा  थुप्रै घरको छत खस्दा अन्य आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। भारी वर्षाका कारण उद्धार कार्य निकै कठिन भएको उद्धार सेवाले सञ्चारमाध्यमलाई जनाएको छ।

असार मसान्तदेखि सुरु भएको अविरल वर्षाका कारण देशभर ६९२ जनाको मृत्यु भएको छ भने एक हजार १ सय ४६ जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शुक्रबार जनाएको छ।

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्