Kathmandu Press

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

काठमाडाैं, भदाै ४ : यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ।साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको...
दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

काठमाडाैं, भदाै ४ : यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ।

साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको चौथौं स्मृति दिवसका अवसरमा दाहाल यज्ञनिधि सुधार सदनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको छ। पुरस्कार ग्रहणपछि पुनले राष्ट्रको अस्तित्व जोगाउन सबै लाग्नुपर्ने बताए। मातृभूमिलाई जोगाउन भनेर मात्रै केही नहुने र अर्थतन्त्र सुधार गर्नुपर्ने उनले बताए। 

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो।

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्