Kathmandu Press

नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

काभ्रेपलाञ्चोक, भदौ ४ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)को काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाई चयन भएका छन्।आज (शनिबार) पार्टीको पाँचौं बैठकले जिल्ला...
नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

काभ्रेपलाञ्चोक, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)को काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाई चयन भएका छन्।

आज (शनिबार) पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो।
 
बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको हो। हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए।

यस्तै अर्का गौतम मण्डनदेउपुर नगर कमिटी अध्यक्ष थिए। यसअघिका जिल्ला अध्यक्ष टोकबहादुर वाइबालाई जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी दिइएको सचिव गौतमले जानकारी दिए।

प्रकाशित मिति: १८:११ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्