Kathmandu Press

पानी भरिएको खाडलमा डुबेर बाँकेमा बालककाे मृत्यु

बाँके, भदौ ४ : पानी भरिएको १० फिट गहिरो खाडलमा डुबेर बाँकेमा आज (शनिबार) बिहान एक बालकको मृत्यु भएको छ।उक्त खाडल अम्बे स्टिल...
पानी भरिएको खाडलमा डुबेर बाँकेमा बालककाे मृत्यु

बाँके, भदौ ४ : पानी भरिएको १० फिट गहिरो खाडलमा डुबेर बाँकेमा आज (शनिबार) बिहान एक बालकको मृत्यु भएको छ।

उक्त खाडल अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि पानी जम्मा गर्न खनेको बताइएको छ।

मृत्यु हुने बालक जानकी गाउँपालिका–५ छब्बनपुर्वा निवासी सात वर्षीय सञ्जु कलबर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

बिहान ५ बजेतिर बालक शौच गर्न निस्केका बेला पोखरीमा डुबेको बताइएको छ। मृतक बालकका परिवारले दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्