Kathmandu Press

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

बेरुत, भदौ ४ : सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै...
सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

बेरुत, भदौ ४ : सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।  

Hardik ivf

मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन्। घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ। घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्। अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो।

शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन। सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्