Kathmandu Press

वार्सामा पाँच केजी हेरोइनसहित ८१ वर्षीया महिला पक्राउ

वार्सा, भदौ ४ : पाेल्यान्डकाे वार्सास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ। बरामद गरिएको उक्त...
वार्सामा पाँच केजी हेरोइनसहित ८१ वर्षीया महिला पक्राउ

वार्सा, भदौ ४ : पाेल्यान्डकाे वार्सास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ। 

बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन्।

डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागूऔषध बरामद गरिएको हो। 

बरामद भएको लागूऔषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो। ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन्। उनले कुनै पनि गलत काम नगरेको बताएकी छन्। 

पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिनेछ। गैरकानुनी रुपमा प्रतिबन्धित लागुऔषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नुपर्नेछ। 

यसैबीच डेनमार्क सरकारले आफ्ना नगारिक लागूऔषधसहित पोल्यान्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको बताएको छ। 

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्