Kathmandu Press

भारतमा सवारी दुर्घटना : पाँचको मृत्यु, २५ घाइते

पाली, भदाै ४ : भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ।दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका...
भारतमा सवारी दुर्घटना : पाँचको मृत्यु, २५ घाइते

पाली, भदाै ४ : भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। देशको राजस्थान राज्य अन्तर्गत पर्ने पाली जिल्लामा शुक्रवार राती दुर्घटना भएको हो।

Hardik ivf

स्थानीय प्रहरीका अनुसार ट्याक्टर र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ। पीडितहरू अधिकांश ट्याक्टरका यात्रु हुन्।

घटना भएको थाहा पाउना साथ घाइतेहरूलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको थियो। अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

घटनामा परेकाहरू ट्याक्टरमा चढेर जयसल्मेर जिल्लामा रहेको राम मन्दिर तर्फ जादै थिए। त्यही बेलामा तिव्र गतिमा आइरहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएको थियो।

घटनाका बारेमा जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नु भएको छ।

उहाँले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनासँगै घाइते तथा मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गर्नु भएको छ। प्रधानमन्त्री मोदीले मृतकहरूको आत्माको चिर शान्तिको कामना पनि गर्नु भएको छ। 
 

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्