Kathmandu Press

ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई ३४ वर्षको जेल सजाय

दुबई, भदाै ४ : ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधिका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ। बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी...
ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई ३४ वर्षको जेल सजाय

दुबई, भदाै ४ : ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधिका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ। 

बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो। साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको  विश्वव्यापीरूपमा निन्दा भएको छ। 

वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो। 

Hardik ivf

एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन्।

फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा  भेदभाव गरेको गुनासो गरेको छ।

 मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ।

न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जाललमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ। उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ। 

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढा नियाल्नु आतङ्वाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन्। 

विशेष फौजदारी अदालतले उनलाई प्रतिआतङ्कवाद  र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन्। 

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्